चलचित्र ‘नाइँ नभन्नु ल–४’ मा अभिनय गरेपछि अभिनेतृ आँचल शर्माको नाम नायक पल शाहसँग जोडिएर चल्न थाल्यो । फ्यान–फलोअर्सले उनीहरुलाई रिलसँगै रियल लाइफमा पनि सँगै देख्न चाहन्थे । तर आँचलले रियल लाइफको हिरोका रुपमा डा. उदीप श्रेष्ठलाई रोजिन् । सन् २०१५ मा आँचलकी बहिनीले उदिपसँग आँचलको बिहेबारे कुरा गरिन् । अमेरिकामा रहेका उदिप र आँचल फेसबुक म्यासेन्जरमा जोडिए । सन् २०१८ को दसैं मान्न उदिप नेपाल आउँदा आँचलको भेट भयो । भेटेको डेढपछि अर्थात् यहीं फागुन १२ गते उनीहरुको इंगेजमेन्ट भयो र ३० गते विहे हुँदैछ ।
आँचलसँगको प्रेमपछि उदिप नेपालमै बस्न थाले । उनी अहिले चिकित्सकका रुपमा काम गरिरहेका छन् । उदिपले जीवनसाथीका रुपमा आँचललाई पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘मैले आँचलजस्तै संस्कारी, इमोसनल र कामप्रति ईमानदार जीवनसाथी चाहेको थिएँ’ उनी भन्छन्, ‘आँचललाई पाउँदा निकै खुसी छु ।’ उनले विवाहपछि आँचलको कलाकारितामा झन् सहयोग गर्ने उनको प्रतिवद्धता छ । उदिप भन्छन्– ‘सबैको विगत हुन्छ । विगत कोट्याएर सम्बन्धमा दरार पैदा हुन दिनेछैनँ र उनको कलाकारितालाई सधैं सम्मान गर्छु ।’ उदिपका परिवार पनि चलचित्र निर्माता भएकाले विवाहपछि पनि आँचलको कलायात्रा निरन्तर हुने अपेक्षा गरिएको छ । उनका बुबाहरू (ठूलो बुबा, माइला बुबा र बुबा)ले नै ‘कान्छी’ र ‘सन्तान’ जस्ता चलचित्र बनाएका हुन् । आँचल र उदिपले आफ्नो जोडीको नाम ‘आदिप’ राखेका छन् ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर ः महेश प्रधान
मेकअप तथा हेयर ः ज्योति लिम्बू, ल्यासेस मेकअप स्टुडियो, लाजिम्पाट
पहिरन ः मिराज हुसेन
लोकेसन ः इलिमेन्ट रेस्टुरेन्ट एन्ड बार, बालुवाटार