वातावरणविद् हुन्, आश्रा कुँवर । तर, उनलाई यो परिचयभन्दा गायिका भनेर चिनिन मन छ । पढाइलाई सधैं पहिलो प्राथमिकता दिँदै आएकी उनी अहिले वन्यजीव सञ्चार र मौसम विज्ञानमा पीएचडी गर्ने तयारीमा जुटिरहेकी छिन् । संगीत साधनालाई उनी आफ्नो भित्री चाहना बताउँछिन् । आश्रा गीतरचना आफैं गर्छिन् र संगीत पनि आफैं भर्छिन् । भ्वाइस अफ नेपालको २०१८ मा क्वाटर फाइनलसम्म पुगेकी आश्रा रक गायन रुचाउँछिन् । भ्वाइस अफ नेपालबाट बाहिरिएपछि उनलाई कोरिया तथा अस्ट्रेलियामा स्टेज पर्फमेन्सको अफर आयो । भर्खरै इजिप्टमा नेपालको प्रतिनिधित्व गरेर उनले २६ वटा देशमाझ वर्ल्ड म्युजिकल थिएटरमा कन्सर्ट दिएर फर्किन् । त्यहाँ उनले नेपाली र अंग्रेजी रक गीत प्रस्तुत गरेकी थिइन् । उनी आश्रा एन्ड दि प्याराब्लेस नामक अल्टरनेटिभ रक ब्यान्डकी गायिका पनि हुन् । श्रीलंकामा मिस हेरिटेज अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता पनि हुन्, आश्रा । वातावरण र संगीतलाई सँगसँगै लैजान चाहन्छिन् । उनी संगीतलाई साधनाको विषय र वातावरणलाई कर्मको विषय ठान्छिन् ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर : सेरोमनी ब्युटिपार्लर, जावलाखेल
लोकेसन : हिमालयन जाभा, भैंसीपाटी
Saptahik Models
Other Models