Saptahik Models
नैकाप, काठमाडौंकी १९ वर्षीया आयुष्मा बज्राचार्य ग्ल्यामर क्षेत्रमा करियर बनाउने योजनाका साथ अघि बढेकी छिन् । त्यसको थालनी उनले एउटा पेपर एडको मोडलिङमार्फत गरेकी छिन्, जुन सार्वजनिक हुन बाँकी छ । ५ फिट ७ इन्च अग्ली आयुष्मा शंकरदेव कलेजमा बीबीएम अध्ययनरत छिन् । फुर्सदमा पुस्तक अध्ययन गर्न तथा नृत्य गर्न रुचाउने आयुष्मा भविष्यमा चलचित्र क्षेत्रमा जाने सम्भावनालाई पनि नकार्दिनन् । ‘राम्रो चलचित्रबाट प्रस्ताव आयो भने काम गर्न सक्छु,’ उनको भनाइ छ । क्याजुअल वेयरकी पारखी आयुष्मा प्रायः पाइन्ट–टिसर्ट लगाउँछिन् । आफ्नो सुन्दरताका बारेमा आयुष्माको भनाइ छ– ‘बाहिरबाट झट्ट हेर्दा ठीकै छु, तर म भित्रबाट सुन्दर छु ।’
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : बेन्टो लाउञ्ज एन्ड बार, विशाल बजार, न्युरोड
मेकअप : अम्बू रुचाल
Other Models