कोभिड–१९ को महामारीका बेला नेपालका केही डाक्टरले घरमै बसेर नागरिकलाई स्वास्थ्यसम्बन्धी अनलाइन सल्लाह–सुझाव दिइरहेका छन् । यसको पहलकर्तामध्येका हुन्– डा. विशाल ढकाल । उनी नेतृत्वको हेल्थ फर होम र एनसेलस“गको सहकार्यमा बिरामीले डाक्टरस“ग सिधा कुरा गर्ने व्यवस्था मिलाए । उनीसहितको डाक्टरको समूहले टोल फ्रि कल सेन्टर स्थापना गरेर दैनिक सयौं बिरामीलाई काउन्सिलिङ गरिरहेका छन् । जसको सकारात्मक प्रभाव स्वरूप चिकित्सकका विभिन्न संघ–संस्थाले फोन नम्बरसहित काउन्सिलिङ सेवा दिन थाले । अनलाइन र सामाजिक सञ्जालमा फैलिने गलत समाचारले नागरिक आतंकित हुने अवस्था सिर्जना भएको देखेपछि ढकालले यो पहल थालेका थिए । उनी भन्छन्, ‘अहिले समाजमा वनको बाघले भन्दा मनको बाघले तर्साइरहेको छ । त्यसलाई हामीले कुराकानीमार्फत राहत दिने काम गरिरहेका छौं ।’ प्रविधिको प्रयोगमार्फत हुने यस्तो ‘नो टच हेल्थ केयर’ले डाक्टरहरूको कार्यशैली नै परिवर्तन भएको उनको अनुभव छ ।
डा. आकृति श्रेष्ठ पछिल्लो समय उनको समूहमा आबद्ध छिन् । कीर्तिपुर हस्पिटलमा मेडिकल अफिसरका रूपमा इमर्जेन्सीमा कार्यरत उनी हरेक दिन पेप्सीकोलाबाट जान्छिन् । अहिले उनलाई हरेक दिन युद्ध लड्न हि“डेको अनुभव हुन्छ । उनी भन्छिन्, ‘सयौं बिरामीलाई जा“च्नुपर्ने बाध्यता छ तर हस्पिटलमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र एन ९५ मास्क पनि उपलब्ध छैन । त्यसैले डाक्टरहरू त्रसित छन् ।’ संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै उनी घरमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्छिन् । र, कल सेन्टरमार्फत काउन्सिलिङ गर्न व्यस्त हुन्छिन् । ओपिडी बन्द भएपछि इमर्जेन्सीमा भर्ना हुने बिरामीको चाप बढेको समयमा सेन्टरले अस्पतालको भीड कम गर्न सघाउ पु¥याउने विश्वास उनको छ ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
लोकेसन : हेल्थ २ होम, लैनचौर
Saptahik Models
Other Models