गायक हेमन्त रानाको स्वरको ‘सुन साइँली...’ गीत र यसको म्युजिक भिडियोलाई दर्शकहरूले असाध्यै मन पराए । गीतमा प्रयोग गरिएको ‘चालीस कटेसी रमाउँला’ ले नेपाली समाजमा राम्रै छाप छाडेको छ । उक्त गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता तथा त्यसले परिवारमा ल्याउने पीडालाई अधिकांश नेपालीले आफ्नै घरको समस्या ठाने । सोही कारणले लोकप्रिय भएको उक्त गीतको म्युजिक भिडियोको सफलताबाट प्रेरित हुँदै गायक राना, अभिनेता पहारी, संगीतकार कालीप्रसाद बाँस्कोटासहितको समूहले निर्माण गरेको चलचित्र हो साइँली । उक्त चलचित्रका मुख्य कलाकार हुन्— गौरव पहाडी तथा मेनुका प्रधान । चैत १५ गतेदेखि प्रदर्शन हुने चलचित्रका हालसम्म सार्वजनिक भएको टिजर, ट्रेलर तथा गीतमा गौरव र मेनुकाको जोडी आकर्षक देखिएको छ । दयाहाङ राई तथा केनिपा सिंहको समेत मुख्य भूमिका रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
–कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : गल्ली क्यान्टिन, हात्तीसार
Saptahik Models
Other Models