Saptahik Models
गायिका केन्जल मेहर श्रेष्ठ पाटनकी स्थायी बासिन्दा हुन् । सुमधुर स्वरकी धनी २५ वर्षीया केन्जल नेपाल आइडलको पहिलो सिजनमा उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् । अहिले उनी आफ्नै ब्यान्ड ‘टाइप’मार्फत विविध सांगीतिक गतिविधिहरूमा क्रियाशील छिन् । ५ फिट ३ इन्च अग्ली केन्जललाई गायन मात्र होइन, मोडलिङमा समेत रुचि छ । आकर्षण जिउडालकी केन्जल आइआइएमएस कलेज, कमलपोखरीमा एमबीए गरिरहेकी छिन् । श्रेष्ठ अहिले देश–विदेशका सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेकी छिन् भने निकट भविष्यमा आफ्नै ब्यान्डमार्फत राम्रा गीतहरू सिर्जना गर्ने योजनामा छिन् । केन्जलका अनुसार अहिले उनी एल्बमको तयारी समेत गरिरहेकी छिन् ।
जनक तिमिल्सिना
तस्बिर : महेश प्रधान
मेकअप : अम्बु रुचाल
पहिरन : द लिमिटेड, सिभिल मल
Other Models