Saptahik Models
पोखरा भिमसेनटोलकी सारा बजिमय दसौँ संस्करणको मिस पोखरा–२०१८ की उपाधि विजेता हुन् । पृथ्वीनारायण क्याम्पस, पोखराबाट हालसालै माइक्रोबाइलोजीमा स्नातक उत्तीर्ण बजिमयले अब मिस नेपालमा सिधै प्रतिस्पर्धा गर्न पाउने छिन् । अबको आफ्नो लक्ष्य पोखराको प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिई उपाधि चुम्ने रहेको साराले बताइन् । आफैंले आफैंप्रति गरेको विश्वासका कारण मिस पोखराको उपाधि जित्न सहज भएको बताउने सारा आफ्नो आत्मबलकै कारण मिस नेपालमा राम्रो गर्ने लक्ष्यमा छिन् । मिस पोखरामा सुजाता केसी फस्ट रनर्सअप तथा मिनाक्षी शर्मा सेकेन्ड रनर्सअप भएका थिए ।
तस्बिर : सुरज श्रेष्ठ/एस टु प्रोडक्सन
लोकेसन : बगैंचा रिसोर्ट, लेकसाइड,पोखरा
संयोजन : राजाराम पौडेल
Other Models