Saptahik Models
मोनिका थापा
सुनवल, नवलपरासीमा जन्मिएकी २० वर्षीया मोनिका थापा चलचित्रमा करियर बनाउन इच्छुक छिन् । ६ वर्षदेखि काठमाडौंमा बसोबास गरिरहेकी मोनिका यतिबेला ओस्कार इन्टरनेसनल कलेजमा अभिनयमा स्नातक अध्ययनरत छिन् । अभिनयको औपचारिक अध्ययनले करियरमा सहयोग पुर्याउँछ भन्ने विश्वास छ— मोनिका भन्छिन् ।
उनले केही सांस्कृतिक कार्यक्रममा आफ्नो नृत्य कलासमेत प्रस्तुत गरिसकेकी छिन् । मोनिका कल्चरल डान्समा पारंगत छिन् । ५ फिट २ इन्च अग्ली मोनिका गायनमा पनि रुचि राख्छिन् । जम्पर उनलाई मन पर्ने पहिरन हो । फुर्सदमा गीत गाउने तथा चलचित्र हेर्ने उनको बानी छ । राम्रो ब्यानरको चलचित्र पाए उनी यही वर्ष अभिनयमा डेब्यु गर्ने सोचमा छिन् ।
कृष्ण भट्टराई
तस्बिर: महेश प्रधान
लोकेसन: भृकुटीमण्डप, काठमाडौं
Other Models