बलिउडबाट नेपाली चलचित्रमा आएका कारण आफूबाट दर्शकको अपेक्षा बढी भएकाले प्रशस्तै दबाब महसुस गरिरहेको अभिनेत्री निरिषा बस्नेत बताउँछिन् । नेपाली चलचित्रबाट पहिल्यैदेखि अफर आए पनि विषयवस्तु मन परेर ‘जानी नजानी’बाट डेब्यु गरेको निरिषाले बताइन् । ‘चलचित्रको ‘कन्टेन्ट’ मन परेरै नेपाली चलचित्रमा डेब्यू गरेको हुँ’ उनले भनिन् । बस्नेतले स्टार प्लस च्यानलबाट प्रसारण हुने टेलिसिरियल ‘चन्द्रनन्दिनी’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी थिइन् । बलिउड र कलिउड चलचित्रमा धेरै भिन्नता रहेको निरिषा बताउँछिन् । बलिउडमा प्रविधि र लगानी धेरै भए पनि नेपाली चलचित्रमा सीमितता हुने उनको अनुभव छ । निरिषासँग यसअघि नेपालमा भिजे तथा मोडलका रूपमा काम गरेको अनुभव पनि छ । भविष्यमा उत्कृष्ट नायिका बन्ने लक्ष्य छ उनको । निरिषा निरन्तर ग्ल्यामर्स इन्डस्ट्रिजमै रहने लक्ष्य लिएर अघि बढिरहेकी छिन् । ‘अभिनय मेरो सौख पनि हो, उनले भनिन् । निरिषा मिस टुरिज्म क्विन–२०१५ समेत हुन् । काठमाडौंमा जन्मिएकी निरिषा पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।
तस्बिर : महेश प्रधान
लोकेशन : लस इस्कोबार्स, गैह्रीधारा, काठमाडौं
मेकअप : शारदा मोती
पहिरन : उमन्स प्लानेट, दरबारमार्ग
Saptahik Models
Other Models