रविभवन, काठमाडौंकी परिसी कारञ्जित तीन वर्षअघि सम्पन्न मिस नेपाल कल्चरमा फस्ट रनर्सअपको उपाधि जित्दै मोडलिङमा प्रवेश गरेकी हुन् । त्यसयता उनले केही र्याम्प फेसन शो तथा विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् भने थुप्रै पत्रपत्रिकाका लागि फोटोसेसनसमेत गराइसकेकी छिन् । २० वर्षीया परिसी ५ फिट ५ इन्च अग्ली छिन् । स्नातक तहको अध्ययन पूरा गरेपछि मिस नेपालमा समेत सहभागिता जनाउने योजना बनाइरहेकी परिसी भविष्यसम्म मोडलिङलाई निरन्तरता दिन चाहन्छिन् ।
परिसी कस्मेटिक साइन्सकी विद्यार्थी हुन् । उनी मुम्बईको एउटा विश्वविद्यालयमा नेपालमै नौलो मानिने उक्त विषयमा उच्च शिक्षा हासिल गरिरहेकी छिन् । ‘कस्मेटिक प्रोडक्टहरूको उप्पादन, प्रयोगदेखि प्रभावसम्मका विषयमा पढ्नुपर्छ, साप्ताहिकसँगको भेटमा परिसी भन्दै थिइन्— ‘नेपालका लागि नौलो विषय भएकाले नै यही विषयमा उच्च शिक्षा हासिल गर्ने निर्णय गरेकी हुँ ।’ अहिले उनी पहिलो वर्षको अध्ययन पूरा गरेर बिदा मनाउन काठमाडौं आएकी छिन् । यात्रा तथा संगीतकी सौखिन परिसी आफू क्याजुयल वेयरमा आकर्षक देखिने कुरा बताउँछिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : कोहिनूर हाउजिङ, बाफल
मेकअप : रोज ब्युटिपार्लर, रविभवन
Saptahik Models
Other Models