यसै वर्ष विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेकी ताहाचल, काठमाडौंकी प्रकृति शाहीलाई आकाशमा उड्न मन छ । त्यसका लागि उनले एयर होस्टेजको चार महिने प्रशिक्षण भर्खरै पूरा गरेकी छिन् । ‘कक्षा १२ को परिक्षा दिएपछिको समयलाई सदुपयोग गरें,’ प्रकृति भन्छिन्— ‘केही समयपछि आकाशमा उड्न तयार हुनेछु । एयर होस्टेज बन्नु उनको रहर हो भने लक्ष्यचाहिँ नर्सिङ पेशामा आवद्ध हुनु हो । प्रकृति बिएस्सी नर्सिङको अध्ययन गर्ने तयारी समेत गर्दैछिन् ।
५ फिट २ इन्च अग्ली प्रकृति मोडलिङसमेत गर्छिन् । दुई वर्षअघि नै मिस एसएलसी प्रिन्सेसमा मिस ट्यालेन्टको उपाधि जितेकी प्रकृतिले केही साताअघि सम्पन्न मिस ई–कजेलमा फस्ट रनर्स अपको उपाधि हात पारेकी थिइन् । ‘मलाई त चलचित्रमा पनि रुचि छ,’ प्रकृति भन्दै थिइन्— ‘नृत्य मन पराउने भएकाले फुर्सद भयो कि म ऐनाअघि उभिएर नृत्य गर्छु ।’
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : लबिम मल, पुल्चोक
पहिरन : स्फिङ्गस, लबिम मल, ललितपुर
मेकअप : रीना अवाले, पियोर स्टाइलिस ब्यूटी होम, पुल्चोक
Saptahik Models
Other Models