‘तपाईंको जिन्दगीको सबैभन्दा राम्रो क्षण कुन हो ?’
‘हरेक बिहानी जब म आँखा खोल्छु, त्यो नै मेरो जिन्दगीको सबैभन्दा राम्रो क्षण हो । किनभने हामीले आज देख्ने प्रिय मान्छे भोलि देख्न पाइन्छ कि पाइँदैन ।’ यही प्रश्नोत्तरले प्रियारानी लामा ‘मिस कस्मोपोलिटन वर्ल्ड–२०१९’ को पाँच प्रतिस्पर्धीमा छानिइन् । उनी यहीं रोकिइनन् । ३२ देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले ‘मिस कस्मोपोलिटन वर्ल्ड–२०१९’ को उपाधि हात पारिन् ।
अन्तिम पाँच प्रतिस्पर्धीलाई एउटै प्रश्न सोधियो, ‘मिस कस्मोपोलिटन वर्ल्ड’ किन बन्न चाहनुहुन्छ ?
‘संसारभरका पिछडिएका महिलाका लागि केही गर्न चाहन्छु, त्यसैले’, जवाफ दिएको क्षण स्मरण गर्दै भनिन्, ‘मलाई बोर्डिङ स्कुल पढाउँदा आफन्तहरूले अर्काको घर जाने छोरीलाई किन पढाएर खर्च गर्ने भनेर प्रश्न गर्थें, तर मेरा बाबुआमाले पढाए । मैले माइक्रोबायोलोजीमा डिग्री गर्न सकेँ । ग्ल्यामर फिल्डमा व्यावसायिक रूपमा बढ्दै छु । सपना पूरा गर्न लागिपर्न सक्छु ।’
जुरीलाई सायद अरूभन्दा उनको आत्मविश्वासले छोयो । उनले उपाधि जितिन् । ‘कम्तीमा उत्कृष्ट १० मा पुग्न सके नि हुन्थ्यो भन्ने लाग्या थ्यो, तर उपाधि नै जितें’, भनिन्, ‘पत्याउनै सकिन । सपना लागिरहेथ्यो ।’
क्राउन लगाइदिने आयोजकलाई उनले भनिछन्, ‘क्यान यू प्लिज पिन्च मी ।’
पत्याउनु नि कसरी ? एउटा कोरियोग्राफर सौन्दर्य उपाधि हात पार्दै थिइन् । सिराहा गोलबजारकी प्रियारानी (२८) झन्डै एक दशकयता कोरियोग्राफी गर्छिन् । सन् २०१० मा उनी मिस पूर्वाञ्चल ‘फस्ट रनर्सअप’ भइन । त्यही साल मिस नेपालमा भाग लिइन्, तर एउटा ‘सबटाइटल’ मात्रै जितिन् । त्यसयता कोरियोग्राफी, मोडलिङ, टिभी होस्ट, बिजनेस गर्दै आएकी उनी हालै मेलेसियामा भएको दोस्रो ‘मिस कस्मोपोलिटन वर्ल्ड–२०१९’ हुन सफल भएकी छन् ।
‘मिस कस्पोपोलिटन वर्ल्ड’ विश्वस्तरीय सौन्दर्य प्रतियोगिता हो । नेपालमा सौन्दर्य प्रतियोगितामा सहभागी भएर ‘टाइटल’ जितेकाले यसमा सहभागी हुन पाउँछन् । माइक्रोबाइलोजी
Saptahik Models
Other Models