महिला बडी बिल्डिङकी महिला राष्ट्रिय खेलाडी हुन्— रजनी श्रेष्ठ । ३६ वर्षको उमेरमा पनि आफूलाई अत्यन्त फिट राख्न सफल ५ फिट ३ इन्च अग्ली रजनीले हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फको स्वर्ण पदक जितेकी थिइन् । उक्त उपाधि जितेलगत्तै मधुमल्ला, मोरङकी स्थायी बासिन्दा रजनीले काठमाडौंमा सम्पन्न १२ औं दक्षिण एसियाली एथलेटिक्स फिजिक्स प्रतियोगितामा समेत रजत पदक जितेकी थिइन् । साप्ताहिकका लागि चोभारसम्म पुगेर फोटोसेसनमा सहभागी भएकी बडी बिल्डिर तथा एक छोराकी आमा श्रेष्ठसँगको छोटो कुराकानी :
बडी बिल्डिङ गर्न थाल्नुभएको कति भयो ?
करिब ६ वर्षदेखि म बडी बिल्डिङमा सक्रिय छु ।
खेलाडी बन्ने उद्देश्यले नै यो क्षेत्र छान्नुभएको हो ?
होइन, सुरुमा त म आफ्ना शरीरमा देखिएको समस्या समाधान गर्न जिम गर्न आएकी थिएँ । जिम गर्दा–गर्दै मेरो शरीरको त्यो समस्या समाधान भयो नै, शरीरको बनावट पनि आकर्षक हुन थालेपछि व्यवसायिक खेलतर्फ आकर्षित भएकी हुँ ।
शरीरमा कस्तो समस्या थियो ?
मेरो घाँटीमा स–साना दाना (गिर्खा) आएका थिए । चिकित्सकहरूले त क्यान्सरकै शंका गरेका थिए । जति उपचार गरे पनि निको नभएपछि मेरा श्रीमान् (समीर श्रेष्ठ) ले नै एकपटक जिम गरेर हेर न, कम पो हुन्छ कि भन्ने सुझाव दिनुभयो । उहाँकै आग्रहमा मैले जिम गर्न ज्वाइन गरें । जिम गर्न थालेको केही समयपछि नै ती दाना हराउँदै गए ।
दिनको कति घण्टा जिम गर्नुहुन्छ ?
मैले करिब चार वर्षसम्म मित्रपार्कस्थित लाइफ फिजिकल फिटनेसमा हरेक दिन चार–पाँच घण्टा जिम गरें । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेपछि भने कालीमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरमा जिम गर्न थालेकी छु । अहिले पनि म बिहान २ घण्टा र बेलुका २ घण्टा जिम गरिरहेकी छु ।
पहिलो पटक कुन प्रतियोगितामा भाग लिनुभएको थियो ?
दुई वर्षअघि काठमाडौंमा सम्पन्न मिस्टर काठमाडौंअन्तर्गत लेडिज फिटनेसमा प्रतिस्पर्धा गरेर गोल्ड मेडल नै जितेकी थिएँ ।
जिम गर्दा खानपिन चाहिँ कस्तो हुनुपर्छ ?
दिनको चार घण्टा जिम गरेपछि प्रशस्त आराम गर्नुपर्छ । त्यसैले अहिले म दिउँसो आराम गर्छु । जिम गर्ने क्रममा खानपिनमा विशेष ध्यान दिनुपर्
Saptahik Models
Other Models