लकडाउन लाइफ
राजेश हमाल
३० वर्षअघि वैशाखमा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ छायांकन थालिएको थियो । त्यस हिसावले हमालको करिअरले यसै महिनादेखि तीन दशक पूरा ग¥यो । तीन दशकमा तीन सयभन्दा धेरै सिनेमामा अभिनय गरिसकेका यी अभिनेता यतिखेर भने करिअरको ३१ औं वर्ष प्रवेश सेलिब्रेसन गर्ने परिस्थितिमा छैनन् । उनी घरभित्रै लकडाउन लाइफमा छन् ।
उनी श्रीमती मधु भट्टराईस“गै घरभित्रै छन् । इन्स्ट्राग्राम र फेसबुकमा उनले घरभित्रका गतिविधिको तस्बिर र भिडियोहरू अपलोड गरिरहेका छन् । करेसाबारीमा काम गर्ने, फूलहरू गोडमेल गर्ने, गीतहरू गाउने गरेर घरबन्दी जीवनलाई सिर्जनशील बनाएको उनी बताउ“छन् । लकडाउनअघि नै हात परेका सिनेमाका स्क्रिप्टहरू पढ्नमा पनि उनको समय बित्ने गरेको छ । ‘जीवनमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति र ऊर्जा भनेकै लाखौं दर्शक र शुभेच्छुकहरू हुनुहुन्छ,’ हमाल भन्छन्, ‘उहा“हरूको साथले सधैं सकारात्मक ऊर्जा मिलिरहेको छ ।’
पछिल्ला दिनमा पर्दामा कमै देखिए पनि सिनेमा क्षेत्रबाट टाढा हुनेबारे आफूले कहिल्यै नसोचेको हमाल बताउ“छन् । अहिलेको अवधिलाई उनले ‘केही क्षणको ब्रेक’ भन्न रुचाउ“छन् । भन्छन्, ‘कलाकारिताबाटै मैले सबै कुरा पाएको छु, यो छोड्ने कुरा भएन । कुरा यत्ति हो, परिवर्तित परिस्थितिमा अलिकति फरक तरिकाले कसरी आउने भन्ने होमवर्कमा छु, छिट्टै चलचित्रमा फर्किनेछु ।’
शब्द– रामजी ज्ञवाली
तस्बिर- महेश प्रधान
Saptahik Models
Other Models