साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन्— राजु लामा । सांगीतिक समूह मंगोलियन हार्ट्समा आबद्ध भएर गायक राजु लामाले थुप्रै लोकप्रिय गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गरिरहेका छन् । तिमीलाई देखेर, सायद तिम्रो बाटोमा, हेर्दाहेर्दै, पर्खाइमा, मेरो नेपाल, भाइटीकामा भेट्न, बादलपारिको आदि उनका अत्यन्त लोकप्रिय गीतहरू हुन् । भर्खरै सम्पन्न भ्वाइस अफ नेपाल–२ को कोचका रूपमा आबद्ध भएका गायक लामालाई करिब एक महिनाअघि बजारमा आएको उनको गीत ‘बिस्तारै बिस्तारै...’ मा पनि उत्तिकै मन पराइएको छ ।
युवा पुस्ताकी अत्यन्त लोकप्रिय गायिका हुन्— मेलिना राई । सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै लोकप्रियताको शिखरमा पुग्न सफल मेलिना चलचित्रको पार्श्व गायनदेखि पप तथा आधुनिक शैलीका गीतमा समेत उत्तिकै जमेकी छिन् । उनी आजको मितिमा नेपाली सांगीतिक क्षेत्रकै सबैभन्दा व्यस्त गायिकाका रूपमा चिनिन्छिन् । उनले गाएका गीतहरूमध्ये शिरैमा शिरबन्दी, अजम्बरी, आज हाम्रो भेट भा’को दिन, कम्मरमाथि पटुकी, सक्दिनँ म बाँच्न, ठमेल बजारमा, पिरिम नलाउने, तिम्ले बाटो फेर्यौ अरे, परानै दिन्छु, माछीले खाने, नाच फिरिरी आदि लोकप्रिय मानिन्छन् ।
कृष्ण भट्टराई
संयोजकः महेश तिमल्सिना
तस्बिर : महेश प्रधान
लोकेसन : एलिस रिसेप्सन्स, गैरीधारा
पहिरन : पिजेस कलेक्सन, सिभिल मल