माटेपानी, पोखराकी सेजल गुरुङ इन्फरमेसन टेक्नोलोजी (आईटी) की छात्रा हुन् । पोखराकै इन्फोमेटिक्स कलेजमा स्नातक गरिरहेकी १८ वर्षीया सेजल यतिबेला मोडलिङमा पनि सक्रिय छिन् । सेजलले करिब एक वर्षको अवधिमा झन्डै एक दर्जन फेसन शोमा क्याटवाक गरिसकेकी छिन् । सौन्दर्य प्रतियोगिताहरूमा भाग नलिए पनि सेजलले स्नातकपछि मिस नेपालमा प्रतिस्पर्धा गर्ने योजना बनाइसकेकी छिन् ।
पाँच फिट पाँच इन्च अग्ली सेजल फुर्सदमा मेकअप गरेर बस्छिन् । ‘मेकअप गर्दा मलाई अझ राम्री देखिन्छ भन्छन् साथीहरू, सेजलका अनुसार मेकअप गरेर बस्दा उनलाई पनि आनन्द लाग्छ । भविष्यमा एयर होस्टेस बन्ने लक्ष्य लिएकी सेजललाई चलचित्रमा पनि अभिनय गर्ने रुचि छ । ‘पढाइ पूरा भएपछि चलचित्रमा अभिनय गर्ने बारेमा पनि सोच्ने छु, सेजलका अनुसार पछिल्लो समय राम्रा चलचित्र बन्न थालेकाले उनलाई पनि अभिनयको रुचि बढ्न थालेको हो ।
सेजललाई पोखराका प्रायः सबै ठाउँ मनपर्छ । यद्यपि, साथीहरूसँग ह्याङ आउट गर्नका लागि भने उनी फेवाताल पारीको पामे पुग्छिन् । ‘त्यहाँ पुग्दा कुनै शान्त क्षेत्रमा पुगे झैं लाग्छ, सेजल दुई हप्ताको अन्तरमा त्यहाँ पुगेकै हुन्छिन् । कहिले साथीहरूसँग जान्छिन् त कहिले आमासँगै गएर रमाउँछिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : पोखरा
पहिरन : क्लोड फेसन, पोखरा
मेकअप : प्रतिमा खड्का
Saptahik Models
Other Models