हरिवन, सर्लाहीकी सृष्टि खड्का सानैदेखि काठमाडौंमा हुर्किइन् । एसएलसी र प्लस टु सर्लाहीबाटै दिए पनि उनी अधिकांश समय राजधानीमै रहिन् । २० वर्षीया सृष्टिले अहिले आएर कलाकारितामा करियर बनाउने निधो गरेकी छिन् । त्यसका लागि उनी फोटोसुट, म्युजिक भिडियोको अभिनयजस्ता गतिविधिमा सक्रिय छिन् । गायिका मेलिना राईको ‘खाएको कसम..’ गीतको म्युजिक भिडियोमा अभिनय गर्दै सृष्टिले आफ्नो कला यात्रा अघि बढाइसकेकी छिन् । गायक प्रमोद खरेलको पछिल्लो गीतसम्म आइपुग्दा सृष्टिले एक दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘चलचित्रमै आउने योजना त छैन, ५ फिट ५ इन्च अग्ली सृष्टि भन्छिन्– ‘तर भविष्यको सम्भावनालाई नकार्दिनँ ।’
सर्लाहीकै कलेजमा आयोजित फेसन शोमा क्याटवाक गरेकी सृष्टि फुर्सदमा साथीहरूसँग घुमफिर गर्न रुचाउँछिन् । क्याजुअल वेयरकी पारखी सृष्टिले अहिलेसम्म ब्वाइफ्रेन्ड बनाएकी छैनन्, यद्यपि उनी भविष्यमा प्रेमविवाह गर्ने पक्षमा छिन् । ‘प्रेम गर्ने बेलै भएको छैन, सृष्टिका अनुसार प्रेम भनेको दुई व्यक्तिले महसुस गर्ने एउटा भावना हो, जसका लागि उपयुक्त व्यक्तिको आवश्यकता हुन्छ । सृष्टि आफूलाई शंका नगर्ने, आफूलाई बुझ्ने तथा आकर्षक व्यक्तित्वको धनी युवक नै आफ्नो जीवन साथी बन्न सक्ने धारणा व्यक्त गर्छिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
मेकअप : सुनिता श्रेष्ठ, मेकओभर ब्युटिपार्लर, न्युरोड
पहिरन : एसएनएस ट्रेड कन्सर्न, रञ्जना मल, न्युरोड
लोकेसन : ग्याट्रो पव, विश्वज्योति मल, जमल