रंगहरूको पर्व होलीलाई भ्रातृत्व र प्रेमको पर्वका रूपमा मनाइन्छ । तराई क्षेत्रमा होलीको विशेष महत्त्व छ । साप्ताहिकले होलीको छेको पारेर परम्परागत थारु वेशभूषामा होलीका रंगहरूलाई मध्यपृष्ठमा झल्काउने प्रयास गरेको छ । थारु तथा नेपाली गीतहरूमा देखिइरहने चिसापानी गाभरभ्याली, बा“केकी सुनिता दहित थारुको परम्परागत पहिरनसहित होली मुडमा गज्जबले खुलेकी छन् ।
२३ वर्षीया सुनिता १५ वर्षको उमेरदेखि नै थारु गीतहरूमा मोडलिङ गर्न थालेकी हुन् । पहिलो गीत ‘मोर मैया भुलादेलो न’देखि अहिलेसम्म उनले थारु र नेपाली गरी झन्डै ५० भन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । ५ फिट ५ इन्च अग्ली उनी स्कुलदेखि नै नृत्य मन पराउ“थिन् । मेला, महोत्सव र स्कुलका कार्यक्रममा उनको ठुम्काले दर्शकलाई मोहित बनाउ“थ्यो । छोरीको नृत्यप्रतिको मोहकै कारण उनका वुवाले मोडलिङ तथा अभिनयमा लाग्न प्रेरित गरे । त्यही प्रेरणाका कारण उनी अहिले थारु समुदायकी व्यस्त मोडलमा पर्छिन् ।
डान्स, मोडलिङ र घुमघामलाई आफ्नो रहर बताउने सुनिता फुर्सदको समय गाभरभ्यालीस्थित आफ्नो होमस्टेमा बिताउछिन् । अहिले आफ्नो पहिलो थारु चलचित्र ‘नम्बर वान थारु गिरी’मा काम गरिरहेकी उनी भेरी टेक्निकल कलेजमा सिभिल ओभरसियर पढिरहेकी छन् । उनी भन्छिन्, ‘म मोडलिङस“गस“गै बिजनेस र होमस्टेलाई अगाडि लैजाने सोचिरहेकी छु ।’
मुकुन्द/जनक
तस्बिर : महेश प्रधान
Saptahik Models
Other Models