स्वस्तिमा खड्का चलचित्र क्षेत्रमा प्रवेश गरेको पाँच वर्ष पूरा भयो । अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँगबिहेबारी गरेको चाहिँ चार वर्ष । बिहेपछि नायिकाहरूको ‘चार्म’ घट्ने र काम नपाउने अनुमानलाई उनले असफल मात्रै बनाइदिइनन्, उल्टो बिहेपछि काममा अझै निखार ल्याई सबै नायिकालाई उछिन्नसमेत सफल भइन् । होस्टेल रिटर्नस्बाट चलचित्रमा आएकी स्वस्तिमाले अहिलेसम्म सात चलचित्रमा अभिनय गरेकी छिन् । उनको सूत्र छ–अभिनयका लागि चलचित्रको कथावस्तु र टिम राम्रो हुनुपर्छ । राम्रो चलचित्रको अफर आयो भने नाइँ नभन्ने उनको सोच छ । चित्तबुझ्दो अफर आएन भने २–३ वर्ष पनि चुप लागेर बस्ने बताइन् । अहिले उनी चपली हाइट–३ सुटिङमा व्यस्त छिन् ।
सन् २०१९ उनका लागि एवार्ड र सम्मानको हिसाबले पनि फाप्यो । एकै वर्ष राष्ट्रिय एवार्ड, सार्क फिल्म फेस्टिभल, कामना एवार्ड, इमेज एवार्डलगायत अन्य एवार्डहरूसमेत पाइन् । यसरी लगातार सम्मान पाउँदा जिम्मेवारी थपिएको बताउने स्वस्तिमाले काम गरेको नाइँ नभन्नु ल–५ र जय भोलेहिट भयो । बुलबुल र घामट शेरेबाट पनि प्रशंसा कमाइन् । अब उनीहोम प्रोडक्सन ब्ल्याक हर्सबाट निश्चलकै निर्देशनमा काम गर्ने प्लानमा छिन् । ‘आफ्नै होम प्रोडक्सनमा मात्र सीमित खोज्नुभएको हो ?’ प्रश्न सुनेर उनले प्रतिप्रश्न गरिन्, ‘कलाकारले यसरी संकुचित भावना राख्यो भने कसरी राम्रो कलाकारिता देखाउने ? जहाँ मेरो अभिनयको माग हुन्छ र मलाई न्याय हुने भूमिका हुन्छ त्यसमै देखिन्छु ।’ स्क्रिनमा आफ्नै अभिनय हेरेपछि उनलाई आफ्नो काम बिग्रिएको मात्रै लाग्छ ।गलत कुराको विरोध गर्ने उनको पुरानै बानी छ । मिडियाले बंग्याइदिने भएकाले आजभोलि कम बोल्न थालेको उनी बताउँछिन् ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
लोकेसन : दा पाव रेस्टुराँ, गैरीधारा
Saptahik Models
Other Models